आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

खेलकुदमा समाजवादीको प्रतिवद्धता : हरेक वार्डमा खेल मैदान, खेलाडीलाई रोजगार

बुधबार, ०७ वैशाख २०७९, १२ : ५७
बुधबार, ०७ वैशाख २०७९

नेकपा एकीकृत समाजवादी पार्टी स्थानीय तह निर्वाचनमा जनतासामु ३७ प्रतिबद्धता लिएर जाने भएको छ । मंगलबार राजधानीमा सार्वजनिक पार्टीको घोषणापत्रमा खेलकुदलाई खेलकुदमा एक वार्ड एक खेल मैदानको अवधारणा लिएको छ ।

खेलकुदमा समाजवादीले पालिकामा हरेक वार्डमा खेल मैदान बनाउने प्रतिबद्धता जनाएको छ । त्यस्तै  बालबालिका तथा युवाहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद गतिविधिमा संलग्न हुने वातावरण सिर्जना गरिने तथा हरेक वार्डमा साना खेल मैदान, योग केन्द्र लागु र सबै पालिकामा खेलकुद क्रिकेट, फुटबल लगायतका खेलकुद मैदान निर्माण गर्ने  प्रतिबद्धता दिएको छ ।
घोषणापत्रमा खेलाडीहरूलाई सम्मान र पुरस्कारको व्यवस्था लिएको समाजवादीले जनाएको छ ।

‘सम्बन्धित पालिकामा स्थायी बसोवास भएका खेलाडीहरू मध्ये राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलमा पदक प्राप्त गर्नेहरूलाई पदकको स्तरअनुसार निश्चित रकम पुरस्कारसहित कदरपत्र प्रदान गरिनेछ । राष्ट्रिय खेलमा कम्तीमा रजत पदक र अन्तर्राष्ट्रिय स्तरको खेलमा कुनै पनि पदक प्राप्त गर्ने खेलाडीले जागिर खान चाहेमा निजलाई सम्बन्धित पालिकाले योग्यता अनुसारको जागिर दिने व्यवस्था गर्ने छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप