चितवनमा आठौँ नेपाल फर्मा एक्स्पो हुँदै
बुधबार, ०७ वैशाख २०७९, १२ : २८
नेपाल औषधि उत्पादक संघ आठौँ नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा गर्ने भएको छ । संघले चितवन एक्स्पो सेन्टर भरतपुरमा वैशाख ९ गतेदेखि ११ गतेसम्म फर्मा एक्स्पो गर्न लागेको हो । एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ९ गते उद्घाटन गर्ने कार्यक्रम रहेको संघका मिडिया संयोजक सन्तोष बरालले बताए ।
उत्पादन गर्दै आएका औषधी र औषधी उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब, मेसिनहरु, कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल लगायतहरुमा भएका बिकास र उपलब्धिहरूको प्रदर्शनी गरि संघले जनाएको छ ।
औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न बहुराष्ट्रिय कम्पनी र नेपाली औषधि उद्योगले एक्स्पोमा भाग लिन सक्ने छन् । नेपाल औषधि उत्पादक संघ फर्मा एक्स्पो प्रत्येक दुई बर्षमा आयोजना गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या