मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एकजना घाइते

बुधबार, ०७ वैशाख २०७९, १२ : २२
बुधबार, ०७ वैशाख २०७९

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गए रातिको वर्षासँगै परेको चट्याङ लागेर एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्बर–८ बस्ने ६५ वर्षीय जितबहादुर गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, मंगलबार राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएको र उनको उपचारको लागि हेटौंडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक गोलेको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यस्तै, हिजो राति नै चट्याङ लागेर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ बस्ने ६२ वर्षीया ठूलीमाया रुम्बा गम्भीर घाइते भएकी छन् । घाइते रुम्बाको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप