शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

माओवादीबाट गढवा गाउँपालिका अध्यक्षमा शर्मा र यादवको नाम सिफारिस

बुधबार, ०७ वैशाख २०७९, ११ : ५३
बुधबार, ०७ वैशाख २०७९

नेकपा माओवादी केन्द्रबाट दाङको गढवा गाउँपालिका अध्यक्षमा यमनारायण शर्मा ‘विश्वास’ रामप्रसाद यादवको नाम सिफारिस भएको छ । गाउँपालिका कमिटीबाट सर्वसम्मत हुन नसकेपछि शर्मा र यादवको नाम सिफारिस भएको हो ।
उपाध्यक्षमा भने कसैको नाम सिफारिस भएको छैन। काँग्रेस र एकीकृत समाजवादीसँग चुनावी तालमेलका विषयमा छलफल भइरहेकाले अध्यक्षमा मात्रै नाम सिफारिस भएको हो । माओवादीले अध्यक्ष लिएर उपाध्यक्ष काँग्रेस र एकीकृत समाजवादीलाई छोड्ने तयारी गरेको छ ।

यसअघि गढवामा माओवादीले झिने मत अन्तरले पराजित भएकाले अध्यक्षमा एकल जित्ने आँकलन छ । यसअघि गढवा गाउँपालिका अध्यक्षमा सहजराम अहिर र उपाध्यक्षमा शान्ति चौधरी दुबै एमालेले जितेका थिए । अहिरले एमाले रोजे पनि चौधरीले एकीकृत समाजवादी रोजेकी छिन् । उपाध्यक्ष चौधरी मेटमणि चौधरीकी दिदी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप