बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य प्रतितोला १५०० ले घट्यो

बुधबार, ०७ वैशाख २०७९, ११ : ०७
बुधबार, ०७ वैशाख २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो, मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको छ । तोलाको ३५ रुपैयाँले घटेर चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ तोकिएको छ । हिजो बिहीबार १४ सय २० रुपैयाँ तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप