‘लक्का जवान’ आफ्ना लागि लक्की छ : प्रियंका कार्की
अभिनेत्री प्रियंका कार्कीले फिल्म ‘लक्का जवान’ आफ्ना लागि लक्की भएको बताएकी छन् । कोरोना महामारीपछि आफु फिल्ममा फर्कन लागेको बताएकी प्रियंकाले हास्य फिल्म ‘लक्का जवान’ ले मुलुकको परिस्थिति समेत देखाएका बताइन् । ‘लक्का जवान विदेश जानुपर्ने बाध्यता माथी फिल्मले मन छुने ढंगले प्रश्न गरेको छ’ उनले भनिन् । फिल्ममा आफुले नारीलाई सशक्त देखाउने एक पात्रको चरित्र निर्वाह गरेको प्रियंकाले बताइन् ।
वैशाख २३ गतेबाट रिलिजको तयारीमा रहेको फिल्मको मंगलबार आयोजित कार्यक्रममा निर्देशक शिवहरि पौड्याल, किरण केसी, सलोन बस्नेत लगायतले समेत फिल्मको बारेमा बोलेका थिए । निर्देशक शिवहरी पौडेलले ‘लक्का जवान’ अर्गानिक फिल्म भएको बताए । उनले निर्देशनमा ‘लक्का जवान’ पहिलो भएपनि सबै पत्र र दर्शकका लागि न्याय गरेको बताए । अभिनेता किरण केसीले ‘लक्का जवान’ मा कुनै विदेशी फिल्मको गन्ध नभएको सुनाए । ‘यो विशुद्ध नेपाली फिल्म हो । यसलाई १० वर्षपछि पनि रिलिज गर्दा फरक पर्दैन,’ केसीले भने ।
अभिनेता सलोन बस्नेतले दिलीप रायमाझीसँग काम गर्ने आफ्नो बाल्यकाल देखिको रहर ‘लक्का जवान’ल पुरा गरेकोे बताए । फिल्ममा प्रियंका कार्की, दीलिप रायमाझी, वर्षा शिवाकोटी, राजाराम पौड्याल लगायतको मुख्य भूमिका छ । अनुस्या श्रेष्ठले निर्माण गरेको फिल्ममा किरण केसी, शिवहरि पौड्याल र दिलीप रायमाझी कार्यकारी निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना