मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

‘लक्का जवान’ आफ्ना लागि लक्की छ : प्रियंका कार्की

बुधबार, ०७ वैशाख २०७९, १० : ५८
बुधबार, ०७ वैशाख २०७९

अभिनेत्री प्रियंका कार्कीले फिल्म ‘लक्का जवान’ आफ्ना लागि लक्की भएको बताएकी छन् । कोरोना महामारीपछि आफु फिल्ममा फर्कन लागेको बताएकी प्रियंकाले हास्य फिल्म ‘लक्का जवान’ ले मुलुकको परिस्थिति समेत देखाएका बताइन् । ‘लक्का जवान विदेश जानुपर्ने बाध्यता माथी फिल्मले मन छुने ढंगले प्रश्न गरेको छ’ उनले भनिन् । फिल्ममा आफुले नारीलाई सशक्त देखाउने एक पात्रको चरित्र निर्वाह गरेको प्रियंकाले बताइन् । 

वैशाख २३ गतेबाट रिलिजको तयारीमा रहेको फिल्मको मंगलबार आयोजित कार्यक्रममा निर्देशक शिवहरि पौड्याल, किरण केसी, सलोन बस्नेत लगायतले समेत फिल्मको बारेमा बोलेका थिए । निर्देशक शिवहरी पौडेलले ‘लक्का जवान’ अर्गानिक फिल्म भएको बताए । उनले निर्देशनमा ‘लक्का जवान’ पहिलो भएपनि सबै पत्र र दर्शकका लागि न्याय गरेको बताए । अभिनेता किरण केसीले ‘लक्का जवान’ मा कुनै विदेशी फिल्मको गन्ध नभएको सुनाए । ‘यो विशुद्ध नेपाली फिल्म हो । यसलाई १० वर्षपछि पनि रिलिज गर्दा फरक पर्दैन,’ केसीले भने । 

अभिनेता सलोन बस्नेतले दिलीप रायमाझीसँग काम गर्ने आफ्नो बाल्यकाल देखिको रहर ‘लक्का जवान’ल पुरा गरेकोे बताए ।  फिल्ममा प्रियंका कार्की, दीलिप रायमाझी, वर्षा शिवाकोटी, राजाराम पौड्याल लगायतको मुख्य भूमिका छ । अनुस्या श्रेष्ठले निर्माण गरेको फिल्ममा किरण केसी, शिवहरि पौड्याल र दिलीप रायमाझी कार्यकारी निर्माता रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप