राजकुमारको फिल्ममा पहिलोपटक शाहरुख

बलिउड सुपरस्टार शाहरुख खानले फिल्म निर्माता राजकुमार हिरानीसँगको आगामी फिल्म ‘डंकी’ को औपचारिक घोषणा गरेका छन् । शाहरुखले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेका छन्, जसमा उनले फिल्मको नाम खुलाएका छन् । यो फिल्म राजकुमार हिरानीको ड्रिम प्रोजेक्ट हो । शाहरुख र राजकुमार यो फिल्म मार्फत पहिलो पटक सँगै काम गर्न लागेका हुन् ।
शाहरुखको यो फिल्म जियो स्टुडियो, रेड चिलीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म्सले संयुक्त रूपमा प्रस्तुत गर्नेछन् । यस फिल्ममा शाहरुख खानसँग तापसी पन्नु मुख्य भूमिकामा देखिनेछिन् । फिल्मलाई राजकुमार हिरानी, अभिजात जोशी र कनिका ढिल्लनले लेखेका हुन् । फिल्म २२ डिसेम्बर २०२३ मा सिनेमाघरमा रिलिज हुनेछ।
फिल्मको बारेमा कुरा गर्दै राजकुमारले भने, ‘मेरो करियरमा शाहरुख खान सधैँ मेरो इच्छाको सूचीमा थिए। धेरै पटक सँगै काम गर्ने प्रयास गरेपछि अब हामीसँगै 'डंकी' बनाउन लागेका छौँ। शाहरुखले हरेक फिल्ममा ल्याउनुहुन्छ अद्वितीय हुन्छ र त्यो जादुलाई ठूलो पर्दामा ल्याउन पाउँदा म उत्साहित छु।’
शाहरुख खानले थप भने, ‘राजकुमार हिरानी यस पुस्ताका उत्कृष्ट फिल्म निर्माताहरूमध्ये एक हुन्, हामीले सधैँ सँगै काम गर्ने कुरा गर्यौँ र म धेरै खुसी छु कि हामी सँगै 'डंकी' बनाइरहेका छौँ। हामीले यही महिनाबाट फिल्मको छायाङ्कन सुरु गरेका थियौँ। म यसको हरेक पलको कदर गर्दैछु, राजुको लागि, म गधा, बाँदर ... जे पनि बन्न सक्छु!’
अर्कोतर्फ, चलचित्रको मुख्य भूमिकामा रहने तापसी पन्नुले भनिन्, ‘म यो यात्रा सुरु गर्न र यो धेरै विशेष फिल्मको हिस्सा बन्न पाउँदा निकै उत्साहित छु। म पहिलो पटक राजकुमार हिरानी र शाहरुख खानसँग काम गर्दैछु । म यसको सम्मान र कदर गर्दछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षाको मौसम : आज यी प्रदेशमा वर्षादेखि हिमपातसम्मको सम्भावना
-
नयाँ वर्षको पहिलो दिन यस्तो छ विदेशी मुद्राको दरभाउ
-
नयाँ वर्षमा राष्ट्रपतिको शुभकामना : सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त
-
आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग