शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक

बुधबार, ०७ वैशाख २०७९, ०८ : ४५
बुधबार, ०७ वैशाख २०७९

मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको छ । सत्ता गठबन्धनको मंगलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको हो ।

माओवादीबाट दाहाल पुनः भरतपुरको मेयर उम्मेदवार हुन् । गीतमा मेयर दाहालको अग्रसरतामा भएका विकास निर्माणको कामको चर्चा गरिएको छ । भरतपुरमा चुनाव लड्न आउँदा नयाँ भएपनि छोटो समयमा मेयर दाहालले भरतपुरमा विकास निर्माणलाई तिव्रता दिएको उल्लेख छ ।

विशेषगरि हिल्लामे सडकबाट बनेका चिल्ला सडक, निर्माणाधीन सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ६ लेन सडक खण्डलाई गीतमा उतारिएको छ । यस गीतको भिडियो नारायणी नदी, प्रचण्ड टोल, क्रिकेट रंगशाला लगायत स्थानमा छायाँकन गरिएको हो ।

भिडियोमा स्वयम् मेयर दाहाललाई देख्न सकिन्छ भने विजय पुन, उत्सव अधिकारी, सुनिता तिमिल्सिना, सपना शिवाकोटी लगायतको अभिनय छ । भिडियोलाई रविन्द्र बरालले छायाँकन गरेका हुन् भने चितवनका पत्रकार रवि अधिकारीले निर्देशन गरेका छन् ।

नृत्य निर्देशक रविन शाह हुन् भने भिडियोलाई विष्णु सेवाले सम्पादन गरेका छन् । सन्तोष देउजाको शब्द रहेको यस गीतमा विष्णु खत्री र टिका पुनले स्वर दिएका छन् । गीतमा प्रदिप त्रिपाठीले संगीत भरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप