कैलालीमा रेशम चौधरीको पार्टी एक्लै लड्ने
कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कुनै पनि दलसँग चुनावी तालमेल नगरी सबै स्थानीय तहमा एक्लै चुनाव लड्ने भएको छ । टीकापुर घटनामा अदालतबाट सजाय पाएर जेल जीवन बिताइरहेका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीपत्नी रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने जनाएको हो ।
सो पार्टीले अहिलेसम्म धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्की चुहा, भजनी नगरपालिका तथा कैलारी गाउँपालिका र जानकी गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाइसकेको छ । कैलारी गाउँपालिकामा सो पार्टीबाट चन्द्र डंगौरा थारु (चाँद), धनगढी उपमहानगरपालिकामा मीनराज चौधरी, टीकापुरमा रामलाल डंगोरा थारु, भजनी नगरपालिकामा केवल चौधरी, लम्की चुहा नगरपालिकामा महेन्द्र उपाध्याय र जानकी गाउँपालिकाको अध्यक्षमा पत्रकार गणेश चौधरीको नाम टुङ्गो लगाएको छ ।
अन्य स्थानीय तहमा बढी आकाङ्क्षी भएकाले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । जोशीपुर गाउँपालिकामा दुई जना आकाङ्क्षी रहेकाले टुङ्गो नलागेको बताए । जोशीपुरमा चित्रबहादुर चौधरी र चक्रबहादुर चौधरी र बर्दगोरिया लोकेन्द्र खडका र भजनलाल कठरिया आकाङ्क्षी रहेका छन् । कैलाली अध्यक्ष अध्यक्ष कैलाश चौधरीले भने– पहिचानवादी मधेसी दल रहेका छन् । संगठनका हिसाबले कैलारी, भजनी, जोशीपुर, टीकापुर लगायतमा हामी बलियो रहेका छौँ ।’ उनले अन्य दलहरूसँग चुनावी तालमेल नगर्ने बताए ।
रेशम चौधरीको प्रभाव क्षेत्र मानिएको टीकापुर, जानकी लगायतमा अहिले चार दलले सोही अधिकार र पहिचानको नारा लिँदै उम्मेदवारहरू बनाउने तयारी गरेको छ । नागरिक उन्मुक्ति पार्टीबाट कैलारी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार रहेका चन्द्रप्रसाद भन्छन् पहिचानवादी दलले टीकापुर घटनालाई लिएर राजनीति बढी गरिरहेको छ ।
उनले रेशम चौधरीको नाममा राजनीति बढी भएको भन्दै आक्रोश व्यक्त गरे । उनले आफ्नो दलले अन्य दलहरूसँग चुनावी तालमेल नगर्ने बताए । कैलारी गाउँपालिकामा पार्टी दर्ता भएपछि विशेषतः तत्कालीन मधेसी लोकतान्त्रिक जनअधिकार पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतबाट सो पार्टीमा प्रवेश गरेका छन् ।
उनले अहिले चुनावी प्रचार–प्रसारसँगै संगठन विस्तारलाई पनि जोड दिइरहेको बताए । कैलारी गाउँपालिका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रभाव क्षेत्र मानिन्छ । २०७४ सालको निर्वाचनमा सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए भने नेपाली काँग्रेस दोस्रो दल रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा पाँच हजार किलोमिटर सडक निर्माण गर्न गुरुयोजना तयार
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
लक्ष्मी स्टील्समा क्रेनले च्यापिएर एक मजदुरको मृत्यु
-
विद्युत् विकास मार्गचित्र : १० वर्षमा ६२ खर्ब लगानी आवश्यक
-
रामकुमारी झाँक्री भन्छिन्– हतार र हताश दुवै नगरौँ