बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आइपीएलमा बेंगलोरको पाँचौ जित

बुधबार, ०७ वैशाख २०७९, ०६ : ५१
बुधबार, ०७ वैशाख २०७९

लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गर्दै  रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पाँचौ जित निकालेको छ।

१८२ रनको विजयी लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६३ रनमा समेटियो । लखनऊका क्रुनाल पान्ड्याले  सर्वाधिक ४२ रन बनाए । लोकेश राहुलले ३० रनको योगदान गरे । ​बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८१ रनको योगफल तयार पार्यो ।

बेंगलोरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ९६ रन बनाए । लखनऊका दुश्मन्था चामिरा र जेसन होल्डरले समान दुई  विकेट लिए ।​ जितपछि  बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंक जोडेर दोस्रो स्थानमा छ । लखनऊ ७ खेलमा ४  जित र ३  हारसहित चौथो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप