मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सत्तारुढ गठबन्धनको बैठक आज फेरि बस्ने

बुधबार, ०७ वैशाख २०७९, ०६ : २३
बुधबार, ०७ वैशाख २०७९

महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन सत्तारुढ गठबन्धनको बैठक बुधबार बिहान पुनः बस्ने भएको छ । मंगलबार रातिदेखि बिहान साढे २ बजेसम्म गठबन्धनका शीर्ष नेताहरू सहमतिका लागि छलफलमा जुटे पनि अन्तिम निष्कर्षमा पुग्न सकेनन् । सहमति हुन नसकेपछि बिहान ११ बजे फेरि जुट्ने गरी बैठक सकिएको थियो ।

बैठकमा सहभागी नेताहरूले बैठक निष्कर्ष नजिक पुगेको बताएका छन् । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले छलफल सकारात्मक रूपले अगाडि बढेको र निष्कर्ष नजिक पुगेको बताए । नेकपा एकीकृत समाजवादीका नेता विजय पौडेलले पनि महानगरको भागबण्डामा सैद्धान्तिक सहमति जुटिसकेको र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन बाँकी रहेको रातोपाटीलाई बताए । उनका अनुसार ६ महानगरमध्ये काँग्रेसले ३ र बाँकी दलले एक एकवटा महानगर लिने गरी सैद्धान्तिक सहमति भएको छ । आजको बैठकबाट यसलाई अन्तिम रूप दिइने नेताहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप