आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धनको बैठक : उपेन्द्र र बाबुराम आएपछि भागबण्डालाई अन्तिम रुप दिइँदै

मङ्गलबार, ०६ वैशाख २०७९, २२ : ५१
मङ्गलबार, ०६ वैशाख २०७९

महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको भागबण्डा टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी भएका छन् । गोरखामा कार्यक्रम रहेकाले दुई नेता आज बसेको यसअघिको बैठकमा सहभागी भएका थिएनन् ।

दुई नेता अनुपस्थित भएपछि भागबण्डालाई अन्तिम रुप दिन सकिएको थिएन । एकीकृत समाजवादी पार्टीका नेता विजय पौडेलका अनुसार दुई नेताको आगमनसँगै यतिबेला सहमतिको मस्यौदा तयार हुँदैछ । गठबन्धनमा महानगर र उपमहानगरको भागबण्डा करिब मिलिसकेको छ ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप