बाग्लुङमा कार्यरत प्रहरीका सई ३८ हजार घुससहित अख्तियारको नियन्त्रणमा
मङ्गलबार, ०६ वैशाख २०७९, २१ : १८

बाग्लुङ स्थित गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी नायव निरिक्षक (सई) रुपनारायण महतोलाई अख्तियारले पक्राउ गरेको छ । प्रनानी महतोलाई ३८ हजार घुस रकम सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले रातोपाटीलाई बताए ।
आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई बाग्लुङ नगरपालिका–२ बाट पक्राउ गरेको प्रवक्ता भण्डारीले बताए । प्रनानी महतोले म्याग्दी बस्ने धर्मकुमारी क्षेत्री र बाग्लुङमा मेकानिक्स काम गर्ने रमेश लिम्बुको लेनदेन मुद्दा मिलाउँछु भनेर घुस मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर
-
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा शपथ ग्रहण
-
उड्डयन प्राधिकरण सम्बन्धी संसदमा पेस, सेवा प्रदायक र नियामक फरक बनाइने
-
‘०८४ मा बहुमत पुर्याउँछौँ, अकुत सम्पत्तिमा बेहोस भएकाहरूलाई ब्युँझाउँछौँ’
-
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : आयोजक हुँदा भारत र दक्षिण अफ्रिका पनि बाहिरिएका थिए समूहगत चरणबाटै
-
सुशासन र विकासका लागि वर्तमान सरकार बनेको हो : प्रधानमन्त्री ओली