शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सीवाईसी लघुवित्तको आईपीओमा २२ लाख ७७ हजार जनाको आवेदन

मङ्गलबार, ०६ वैशाख २०७९, २० : ४८
मङ्गलबार, ०६ वैशाख २०७९

सीवाईसी लघुवित्त वित्तिय संस्थाको साधारण सेयर (आईपीओ)मा साढे २२ लाख ७७ हजार जनाको आवेदन परेको छ । वैशाख २ गतेदेखि आवेदन खुलाएको लघुवित्तको आईपीओमा आज अन्तिम दिन ६ गतेसम्ममा उक्त आवेदन परेको हो ।

२२ लाख ७७ हजार जनाले २ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ बराबरको २ करोड ५६ लाख ८८ हजार कित्ता सेयरका लागि आवेदन परेको छ । यो कम्पनीले बिक्री खुलाएको आईपीओभन्दा ६९.५२ गुणा बढी हो ।

कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्री खुलाएको थियो । बिक्री खुलेको कूल सेयरमध्ये ६ हजार ८२ कित्ता कर्मचारी र १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

कम्पनीले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप