आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

श्रीलङ्काले गर्‍यो आर्थिक सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग अपिल

मङ्गलबार, ०६ वैशाख २०७९, २० : ११
मङ्गलबार, ०६ वैशाख २०७९

गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलङ्काले अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहयोगका लागि आग्रह गरेको छ । छलफलका लागि आर्थिक सङ्कटबाट गुज्रिएको श्रीलङ्काली सरकारका वित्तमन्त्री अलि सवारीको टोली अमेरिकामा छ ।

आईएमएफसँग आर्थिक सहयोगका विषयमा भएको छलफल निकै सकारात्मक रहेको वित्तमन्त्री उनले बताए ।  उनले देशको आर्थिक सङ्कट कम गर्न आफूहरुले उठाएको कदमको आईएमएफ अधिकारीले प्रशंसा गरेको बताए ।

पछिल्लो समय श्रीलङ्काले विदेशी ऋण तिर्न सकेको छैन । यद्यपि गत मङगलबार श्रीलङ्का सरकारले ५१ अर्व डलर विदेशी ऋण तिर्ने घोषणा गरेको छ । श्रीलङ्काको विदेशी ऋणको ३६ प्रतिशत हिस्सा चीनको रहेको छ ।

श्रीलङ्का स्वतन्त्र भएपछि अहिले सबैभन्दा ठूलो आर्थिक सङ्कटको सामना गरिरहेको छ । खाद्यान्न अभावसँगै ग्याँस, तेल र अत्यावश्यकीय बस्तुको अभाव तथा विद्युत आपूर्ति कटौती भएपछि सरकारको विरोधमा दिनहुँ प्रदर्शन भइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप