शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा गठबन्धनको बैठक जारी

मङ्गलबार, ०६ वैशाख २०७९, २० : ०२
मङ्गलबार, ०६ वैशाख २०७९

सुदूरपश्चिम प्रदेशमा पाँच दलीय गठबन्धनको बैठक जारी रहेको छ । भागबण्डामा सहमति जुट्न नसकेका जिल्लाको विवाद टुंग्याउन प्रदेश बैठक जारी रहेको हो ।

दिउँसो १ बजेबाट शुरू भएको बैठक जारी रहेको माओवादी केन्द्रका नेता रमेश धामीले बताए । बैठक सकारात्मक भइरहेको उनले बताए । बुधबार साँझसम्म टुंगो लाग्ने गरी गठबन्धनमा सबै एकमत भएका उनको भनाइ छ ।  

बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, प्रदेश सभापति वीरबहादुर बलायर, महामन्त्री नरनारायण शाह मनु, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष, समाजवादी पार्टीका नेताहरुको सहभागिता रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप