शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका उद्योग मन्त्री लामा चढेको गाडि दुर्घटना

मङ्गलबार, ०६ वैशाख २०७९, १९ : ४६
मङ्गलबार, ०६ वैशाख २०७९

कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री  कार्चेन लामा सवार गाडी दुर्घटना भएको छ। सुर्खेत–दैलेख खडक खण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा मंगलबार दिउँसो गाडी दुर्घटनामा परेको हो । 

विपरित दिशाबाट आएको भे१च २४७४ नम्वरको बोलेरो जीपले मन्त्री सवार कर्णाली प्रदेश ००१ झ ००७६ नम्वरको जीपलाई ठक्कर दिँदा दुर्घटना भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गाडीमा सामान्य क्षति भएपनि मानवीय क्षति भएको छैन् । दुर्घटनामा दुवै गाडीमा क्षति पुगेको प्रहरीको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप