मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

गठबन्धनको बैठक राति १० बजे फेरि बस्ने

मङ्गलबार, ०६ वैशाख २०७९, १९ : ३५
मङ्गलबार, ०६ वैशाख २०७९

बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठक आज राति १० बजे फेरि बस्ने गरी सकिएको छ । बैठकमा महानगरको भागबण्डाबारे सैद्धान्तिक सहमति जुटेको बताइएको हो । यद्यपि, औपचारिक सहमति भने हुन बाँकी रहेको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका नेता हेमलाल पुरीले महानगरपालिकाहरुमा कुन दलले प्रमुख र उपप्रमुख पाउने भन्ने विषयमा सैद्धान्तिक सहमति जुटेको रातोपाटीलाई बताए । पुरीका अनुसार आजको बैठकमा काँग्रेसले ६ मध्ये तीनवटा महानगरको नेतृत्व लिने तथा अन्य दलले एक एकवटा महानगरको नेतृत्व लिने गरी सहमति भएको छ ।

त्यस्तै, अन्य दलले पाएका महानगरमा काँग्रेसले उपप्रमुख पाउने र काँग्रेसले पाएका महानगरमा अन्य दलले उपप्रमुख पाउने सैद्धान्तिक सहमति पनि जुटेको पुरीले रातोपाटीलाई बताए । यसबारे ठोस सहमतिमा पुग्न आज नै बैठकमा बस्ने सरकारका प्रवक्ता तथा काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

आजको बैठकमा काँग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर गरी तीन महानगरको प्रमुख पाउने, माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादी पार्टीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगर पाउने गरी दलहरू सहमति नजिक पुगेका बताइएको छ । त्यस्तै, अन्य दलले पाएका महानगरमा काँग्रेसले उपमेयर पाउने र काँग्रेसले पाएको काठमाडौँमा एकीकृत समाजवादीले, विराटनगरमा जसपाले र ललितपुरमा ललितपुर माओवादीले उपमेयर पाउने गरी सैद्धान्तिक सहमति जुटेको नेताहरुले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप