नवीकरण नभएका इन्स्योरेन्स बीमालेखहरुका लागि पुनर्जागरण अभियान शुरु
रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा जारी भएका तर हालसम्म नवीकरण नभएका इन्स्योरेन्स बीमालेखहरुका लागि पुनर्जागरण अभियान थालिएको छ । कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत बिलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको हो । यो योजना दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बीमालेखमा मात्र लागू हुनेछ । यसका साथसाथै बीमालेख अवधिभित्र एक पटक मात्र व्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।
हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई उनीहरु र उनीहरुसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको भन्दै कम्पनीले यसै कुरालाई मध्यनजर गरी बीमालेख पुनर्जागरण अभियान संचालन गरेको जनाएको छ ।
उक्त पुनर्जागरण अभियान यही बैशाख ७ गते देखि २६ गतेसम्म सञ्चालन हुनेछ । सो अवधिमा आफ्नो व्यतित भइसकेका बीमालेखहरु बिलम्ब शुल्क बिना नै नवीकरण गर्ने व्यवस्था गरी आफ्ना ग्राहकहरुलाई सुनौलो मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ
-
ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की
-
कांग्रेसको सयदिने अभियानः ‘सदस्यता घर–आँगन’ कार्यक्रम प्राथमिकतामा
-
‘बलिपूर्व पशुको स्वास्थ्य परीक्षण आवश्यक (भिडियोसहित)