बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रपुर नगरपालिका प्रमुखका लागि एमालेबाट ८ जनाको नाम सिफारिस

मङ्गलबार, ०६ वैशाख २०७९, १९ : ११
मङ्गलबार, ०६ वैशाख २०७९

रौतहटको चन्द्रपुर नगरपालिकाको प्रमुखका लागि नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ ।  एमाले चन्द्रपुर नगर कमिटीको बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि ८ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । 

वैशाख ३ गतेदेखि ६ गतेसम्म बसेको बैठकमा सहमति जुट्न नसकेपछि ८ जनाको नाम माथिल्लो कमिटीमा पठाइएको हो । नगरपालिका प्रमुखका लागि राजु धामी, शिवप्रसाद आचार्य, प्रमोद चौधरी, सुनिल तिमल्सिना, शारदा हुमागाईं, कोपिला तिमल्सिना, नौतम पोखरेल र ऋश्वेश्वर दाहालको नाम माथिल्लो कमिटीमा सिफारिस गरिएको नगर कमिटी अध्यक्ष शिवप्रसाद आचार्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप