तेस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गर्ने पहिलाे बैंक बन्यो नबिल, नाफामा ब्रेक

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक, नबिल बनेको छ । बैंकले मंगलबार साउनदेखि चैतसम्मको ९ महिना वित्तीय रिपोर्ट सार्वजनिक गरेको हो । तर, बैंकको वित्तीय रिपोर्ट भने सकारात्मक आउन सकेन ।
वित्तीय रिपोर्ट अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकको खुद नाफामा ८.९१ प्रतिशतको ब्रेक लागेको छ । अघिल्लो वर्षको तेस्रो त्रैमास अर्थात् साउनदेखि चैतमसान्तसम्म ३ अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा जम्मा ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ मात्र नाफा कमाउन सफल भएको हो ।
यसअवधिमा बैंकको सञ्चालन नाफा समेत ८.७५ प्रतिशतले घट्न पुगेको छ । वित्तीय रिपोर्ट अनुसार बैंकले अघिल्लो वर्षको तुलनामा ८.७५ ले सञ्चालक नाफा गुमाउँदै कुल ४ अर्ब ७८ करोड २४ लाख ९९ हजार रुपैयाँमा कमाएको छ । यस्तो नाफा अघिल्लो वर्ष बैंकले ५ अर्ब २४ करोड ८ लाख ९ हजार रुपैयाँ कमाएको थियो ।
समीक्षा अवधिमा यता खुद ब्याज आम्दानी भने २९.३० प्रतिले वृद्धि गर्दै बैंकले ६ अर्ब ५९ करोड २ लाख ५८ हजार रुपैयाँ कमाएको छ । यता, बैंकको खराब कर्जा (एनपीएल) दर ०.६६ प्रतिशतले बढेर १.१४ प्रतिशत पुगेको छ भने हाल बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३९ पैसा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण कहिले हुन्छ सार्वजनिक ?
-
ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
-
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’