बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

हावाहुरी र पानी पर्दा पोखरा दिउँसै अन्धकार !

मङ्गलबार, ०६ वैशाख २०७९, १८ : ३४
मङ्गलबार, ०६ वैशाख २०७९

पोखरामा मंगलबार पानी पर्दा दिउँसै अन्धकार भएको छ । मंगलबार दिउँसो साँढे ३ बजेपछि भएको हावाहुरी र वर्षाका कारण दिउँसै अन्धकार भएको हो ।

पश्चिमी वायुको साथै स्थानिय वायुको प्रभावका कारण अहिले पोखरामा मेघ गर्जनसहित वर्षा भइरहेको छ । वर्षासँगै पोखरामा दिउँसै अँध्यारो हुँदा सवारी साधनहरु हेडलाइट बालेर हिँडेका छन् भने पानी परेपछि दुई पाङ्ग्रे सवारी साधन तथा पैदलयात्रु विच बाटोमा नै रोकिएका छन् ।

यस्तै दिउँसो परेको पानीका कारण बढ्दो गर्मीमा राहत मिलेको महशुस गरिएको छ । पोखराको पछिल्लो २४ घण्टाको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १९.४ सेल्सियस मापन गरिएको छ । २०६७ सालमा वैशाख २९ गते पोखरामा दिउँसै अँध्यारो भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप