आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

फेरि बजारमा ११ करोड ७८ लाख रुपैयाँ बराबरको आईपीओ आउँदै

मङ्गलबार, ०६ वैशाख २०७९, १८ : ११
मङ्गलबार, ०६ वैशाख २०७९

धितोपत्र बजारमा फेरि ११ करोड ७८ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) आउने भएको छ । दुई वटा लघुवित्त कम्पनी अभियान र आत्मनिर्भरले कुल ११ करोड ७८ लाख ३८ हजार रुपैयाँ बराबरको ११ लाख ७८ हजार ३८० कित्ता आईपीओ जारी गर्ने भएका हुन् । यी दुई लघुवित्तले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । 

निवेदन अनुसार अभियान लघुवित्तले १०० रुपैयाँ अंकित ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न बोर्डसँग माग गरेको छ । 
यस्तै, आत्मनिर्भर लघुवित्तले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता आइपीओका लागि अनुमति मागेको छ । अभियान लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ भने आत्मनिर्भर लघुवित्तको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बोर्डले अनुमति दिए यी दुई कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अघि बढाउने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप