शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सन् २०२२ को आर्थिक वृद्धिदर ३.२ प्रतिशतमा सीमित हुने

मङ्गलबार, ०६ वैशाख २०७९, १७ : ५०
मङ्गलबार, ०६ वैशाख २०७९

रुस–युक्रेन युद्धको प्रभावले सन् २०२२ को विश्वव्यापी आर्थिक वृद्धिदर ३.२ प्रतिशत मात्र हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । यस्तो प्रक्षेपण बैंकले यसअघि गरेको ४.१ प्रतिशतबाट घटाउँदै ३.२ प्रतिशतको अनुमान गरेको हो । 
विश्व बैंकका प्रमुख डेभिड मालपासले युद्धबाट थपिएको आर्थिक तनावलाई बैंकले जवाफ दिइरहेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।  सो अवसरमा मालपासले विश्वव्यापी आर्थिक वृद्धिदरको प्रक्षेपण घटाउनुको प्रमुख कारण युरोप र मध्य एसियामा आउने आर्थिक संकुचनलाई समेत हेरिएको बताएका छन् । 

सन् २०२२ मा युरोपको अर्थतन्त्र ४.१ प्रतिशतले संकुचित हुने विश्व बैंकले प्रक्षेपण गरेको रोयटर्सले जनाएको छ । रुस–युक्रेन युद्धले निम्त्याएको आपूर्ति अवरोधहरूका कारण अन्य विकसित देशहरुको आर्थिक वृद्धिदरको प्रक्षेपण समेत घटाइएको मालपासले बताएका छन् ।

हाल मध्य युरेसियाका दुई देश रुस र युक्रेन बीचको युद्धले विश्व बजार प्रभावित भएको छ । यसै युद्धका कारण विश्वको आयात÷निर्यातदेखि वस्तुको मूल्य समेत प्रभावित हुँदा साना तथा अल्पविकसित मुलुकहरु चरम संकटमा फसेका छन् । सोही प्रभाव कारण सन् २०२२ को विश्व आर्थिक वृद्धिदरमा केही संकुचन आउने विश्व बैंकले प्रक्षेपण गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप