आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालयका ५१९ जना विद्यार्थी दीक्षित

मङ्गलबार, ०६ वैशाख २०७९, १७ : ४९
मङ्गलबार, ०६ वैशाख २०७९

मध्यपश्चिम विश्वविद्यालयले ५ सय १९ जना विद्यार्थीहरुलाई दीक्षित गरेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगरमा मंगलबार आयोजना गरिएको दोस्रो दीक्षान्त समारोहबाट दीक्षित हुन योग्य दुई हजार ८९ विद्यार्थीमध्ये ५ सय १९ विद्यार्थीहरु दीक्षित भएका हुन् ।

दीक्षित हुनेमा शिक्षा संकायतर्फ ८५, इन्जिनियरिङ्गतर्फ १४५, मानविकी संकायतर्फका १५, व्यवस्थापन संकायतर्फ १२२ विद्यार्थी, विज्ञान संकायतर्फ १५ जना र विद्यावारिधि (पीएचडी)तर्फका एक जना रहेका छन् । यस्तै विश्वविद्यालयका उत्कृष्ट नौ जना विद्यार्थीले कुलपति र २० जना विद्यार्थीले उपकुलपति पदक प्राप्त गरेका छन् । कुलपति पदक प्राप्त गर्नेमा शिक्षा संकायका कमला ज्ञवाली, विष्णा मगर, इसक घरे, मानविकी तथा समाजशास्त्र संकायका एश्वर्या कुमारी विष्ट, काव्या रिजाल र रदिप महर्जन, व्यवस्थापन संकायतर्फका यामकुमारी आचार्य, लक्ष्मी लामिछाने र अर्जुन कुमार चौधरी रहेका छन् । 

यस्तै सुर्खेत उद्योग वाणिज्य संघ पदक पाँच जना विद्यार्थीहरुले प्राप्त गरेका छन् ।  दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा सुधारको जिम्मेवारी विश्वविद्यालयहरुको काँधमा रहेको बताए । दक्ष जनशक्ति उत्पादन गरी मुलुकलाई समृद्धिको मार्गचित्रमा डो¥याउने दायित्व विश्वविद्यालयको हो,’उनले भने,‘ सरकारले तीनै तहका शिक्षा प्रणालीलाई कानुनी, शिक्षण सिकाइ र भौतिक सुधारको प्रयत्न गरिरहेको छ ।’ 

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा नन्दबहादुर सिंहले विश्वविद्यालयको संरचनाको बारेमा जानकारी गराएका थिए । विश्वविद्यालयका ६ वटा भवनहरु निर्माण सम्पन्न भई हस्तान्तरण प्रक्रियामा रहेका, सात वटा बहुवर्षीय परियोजनाहरु सुरु गरेको, स्मार्ट टेक्नोलोजीमा आधारित संरचनाको विकास गर्ने लक्ष्यअनुरुप चालू आवलाई ‘एकेडेमिक एक्सेलेन्सी र भौतिक पूर्वाधार विकास वर्ष’का रुपमा कार्यसम्पादन भइरहेको उनले जानकारी गराए । सन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता सत्यार्थीले दीक्षित भएको विद्यार्थीहरूलाई अभिभावकको परिश्रम र समाजको अपेक्षा मिसिएको बताउँदै डिग्रीको प्रमाणपत्र मिल्नुको अर्को अर्थ समाजको लागि निभाउनु पर्ने जिम्मेवारी थपिएको भनेर सोच्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप