गठबन्धनले गर्ने भागबण्डालाई मान्छौँः ललितपुरका मेयर
मङ्गलबार, ०६ वैशाख २०७९, १७ : १०
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले गरेको भागबण्डा आफूहरुले मान्ने बताएका छन् ।
मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबण्डा आफूहरुले मान्ने बताएका हुन् । उनले ललितपुर महानगरपालिका भने नेपाली कांग्रेसले पहिले पनि निर्वाचन जितेको हुनाले यस पटकको निर्वाचनमा अरुलाई नछोड्ने बताए । ललितपुर महानगरपालिकाको मेयर र उपमेयर काँग्रेसले राख्ने उनले बताए । त्यसैगरी यसअघि नेपाली कांग्रेसले जितेको १० वटा वडाहरू पनि आफूहरुलाई राख्ने र बाँकी रहेको १९ वटा वडामा पनि आफूहरुले ५० प्रतिशत लिएर भागबण्डा गर्ने उनले बताए ।
उनले ललितपुर महानगरपालिकामा मेयरको उम्मेदवार आफू भएको पनि बताए । आफूले नै मेयरको टिकट पाउने उनले दाबी गरे ।