लुम्बिनी प्रदेशको कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
मङ्गलबार, ०६ वैशाख २०७९, १६ : २३
![लुम्बिनी प्रदेशको कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर](https://rpcdn.ratopati.com/media/albums/akhatiyar_EFKRNmtlBJ.jpg)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले आधुनिक कृषि किसान संसार प्रा.लि. भरतपुरले किसानलाई इन्डियन कम्पनीको यन्त्र उपकरण उपलव्ध गराउने भनी रकम लिएको तर चाइनिज कम्पनीको मिनी टिलर तथा अन्य यन्त्र उपकरण वितरण गरी अनियमितता गरेको आरोपमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको हो ।आयोगले मन्त्रालयका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकसहित ४ जनाविरुद्ध आयोगको ऐन २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अर्ग्यानिक उत्पादनको माग बढी छ’
-
कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध