सिटिजन्स बैंक खुला टेनिस अर्को साता
मङ्गलबार, ०६ वैशाख २०७९, १५ : ५८

काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता बैशाख ११ गतेदेखि हुने भएको छ ।
करिब २ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगितामा १० स्पर्धामा खेल हुने छ । पुरुष÷महिला सिंगल्स, मिक्स डबल्स, पुरुष भेट्रान ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्स र डबल्स तथा ६५ वर्षमाथि सिंगल्समा प्रतिस्पर्धा हुने छ । दसै स्पर्धामा नगद पुरस्कारको व्यवस्था छ । कुल नगद पुरस्कार राशी ५ लाख १७ हजार ५ सय रुपैयाँ राखिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा सिटिजन्स बैंक रहेको छ ।
साताव्यापी प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न