बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर जम्मा ३३४ जना सक्रिय संक्रमित, २४ घण्टामा १० जना थपिए

मङ्गलबार, ०६ वैशाख २०७९, १५ : ५५
मङ्गलबार, ०६ वैशाख २०७९

देशभर जम्मा ३३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय संक्रमितको संख्या घट्दो क्रममा रही सक्रिय संक्रमित ३३४ जनामा सीमित भएका हुन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४०३ जनामा कोरोना परीक्षण गर्दा १० जनामा पुष्टि भएको छ भने सोही अवधिमा २६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप