पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रिमण्डल
![पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रिमण्डल](https://rpcdn.ratopati.com/media/albums/Shehbaz_Sharif_FGrjdrHyui.jpg)
पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन भएको छ । मन्त्रिमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ । पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ गराएका हुन् ।
पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ । उनीहरुमध्ये तीन जना राज्य मन्त्री हुन् भने ३१ जना मन्त्री हुन् । राष्ट्रपति अरिफ अल्भीले सपथ गराउन अस्वीकार गरेपछि केही दिन पछाडि सारेर सपथ गराइएको हो । प्रधानमन्त्री शरिफ यही अप्रिल ११ मा निर्वाचित भएका थिए । पाकिस्तानमा तत्कालीन प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएका थिए ।
त्यसपछि विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नुभएका शरिफ संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनलाई गठबन्धनका अन्य दलहरूको पनि समर्थन रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी/पहिरोले सडक अवरुद्ध, अकासियो तरकारीको मूल्य
-
देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति
-
जिल्ला प्रहरी परिसर काठमाडौँको सेवा अब भद्रकालीबाट
-
कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर
-
तेस्रो युएसएड यात्रा दाङको लमहीमा
-
उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन रास्वपाको माग