बुटवल उपमहानगरको मेयरमा काँग्रेसबाट खेलराज पाण्डेको नाम सिफारिस
सिद्धार्थनगरमा इस्तियाक अहमद खान
मङ्गलबार, ०६ वैशाख २०७९, १५ : ३६

नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिकाको मेयर पदमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । मेयरमा पाण्डेको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको भए पनि उपमेयरमा भने सहमति जुट्न नसक्दा उपमहानगर समितिले ८ जनाको नाम सिफारिस गरेको छ ।
उपमहानगर समितिको बैठकले मेयर–उपमेयरका लागि नाम सिफारिस गरेको सचिव छायाँ पोखरेलले जानकारी दिए । उनका अनुसार उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता सेन, रिता केसी, गंगा पन्थी, राधा ज्ञवाली र सविता शाक्यको नाम सिफारिस भएको छ ।
यस्तै सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) पदमा काँग्रेसले इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यद्यपि, यी पालिकामा सत्तारुढ गठबन्धनबीच तालमेलको टुङ्गो लाग्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमान अवतरण गराउनासाथ पाइलटको मृत्यु
-
भारतका कृषि तथा किसान कल्याण मन्त्री चौहानद्वारा चन्द्रागिरिको भ्रमण
-
श्रम र रोजगार प्रवर्द्धनमा साझेदारी आवश्यक : श्रममन्त्री भण्डारी
-
कानुन विपरीत गर्भपतन गर्दै हुनुहुन्छ की ? कारबाहीमा पर्नुहोला ।
-
वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा छौँ: श्रममन्त्री भण्डारी
-
वैदेशिक रोजगार व्यवसायी सङ्घको साधारणसभा आज, नयाँ नेतृत्वका लागि निर्वाचन हुने