शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरको मेयरमा काँग्रेसबाट खेलराज पाण्डेको नाम सिफारिस

सिद्धार्थनगरमा इस्तियाक अहमद खान
मङ्गलबार, ०६ वैशाख २०७९, १५ : ३६
मङ्गलबार, ०६ वैशाख २०७९

नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिकाको मेयर पदमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । मेयरमा पाण्डेको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको भए पनि उपमेयरमा भने सहमति जुट्न नसक्दा उपमहानगर समितिले ८ जनाको नाम सिफारिस गरेको छ ।

उपमहानगर समितिको बैठकले मेयर–उपमेयरका लागि नाम सिफारिस गरेको सचिव छायाँ पोखरेलले जानकारी दिए । उनका अनुसार उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता सेन, रिता केसी, गंगा पन्थी, राधा ज्ञवाली र सविता शाक्यको नाम सिफारिस भएको छ ।

यस्तै सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) पदमा काँग्रेसले इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यद्यपि, यी पालिकामा सत्तारुढ गठबन्धनबीच तालमेलको टुङ्गो लाग्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप