सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु

मङ्गलबार, ०६ वैशाख २०७९, १५ : २५
मङ्गलबार, ०६ वैशाख २०७९

धनगढीमा जारी ‘मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी’ प्रतियोगिताको विभागीय टोली नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । 

अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा सुरु भएको सो प्रतियोगितामा  ती दुई विभागीय टोलीले पहिलो दिनका दुवै खेलमा जीत हात पार्दै अन्तिम चारमा स्थान बनाएका हुन् । पहिलो खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ९१–३२ ले हरायो भने पाँचौँ खेलमा कर्णाली प्रदेशलाई ६९–९ ले किनारा लगायो । 

त्यस्तै सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ६६–२७ ले हराउँदा छैटौँ खेलमा गण्डकी प्रदेशलाई ५६–१८ ले हरायो । 

सोमबार नै भएका खेलमा नेपाल एपिएफ क्लब र मधेस प्रदेश पनि विजयी भएका छन् । नेपाल एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई ५३–२२ ले हरायो भने मधेस प्रदेशले बागमती प्रदेशलाई ३६–२९ ले किनारा लगायो । 

प्रतियोगितामा आजै लिग चरणका खेलहरु हुनेछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८० हजार र सेमिफाइनल पुगेका दुई टोली नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
    
प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले शुभारम्भ गरे । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगिता देशकै सर्वाधिक धनराशिको प्रतियोगिता रहेको आयोजकको दाबी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप