चुनावी घोषणापत्रमा माधव नेपालद्वारा एमालेको उत्तराधिकारीको रुपमा पार्टीलाई प्रस्तुत
नेकपा एकीकृत समाजवादी पार्टीले एमाले नसुध्रिने भएपछि आफूहरुले विद्रोह गरेर नयाँ पार्टी गठबन्धन गरेको बताएका छन् । मंगलबार स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एकीकृत समाजवादी पार्टीले २००६ साल वैशाख १० गते पुष्पलालका नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीका सच्चा उत्तराधिकारी आफू भएको जिकिर गरेको हो ।
यस्तै तत्कालीन नेकपा (एमाले) र मार्क्सवादीबीच एकीकरण भई बनेको एमालेका उत्तराधिकारी पनि एकीकृत समाजवादी नै भएको अध्यक्ष माधव कुमार नेपालले बताए । ‘हामी २००६ साल वैशाख १० गते कमरेड पुष्पलालका नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीका सच्चा उत्तराधिकारी हौँ । हामी नै कम्युनिस्ट आन्दोलनको एकता अभियानका सच्चा अभियन्ता हौँ । हामी तत्कालीन नेकपा (माले) र मार्क्सवादीबीच एकीकरण भई बनेको नेकपा (एमाले) का उत्तराधिकारी हौँ’ घोषणापत्रमा भनिएको छ, ‘कमरेड पुष्पलालको समयदेखि नै हामी नेपाली कम्युनिस्टहरू बलियो, स्वच्छ, जवाफदेही, जनसेवी र पारदर्शी स्थानीय सरकार निर्माण गर्ने पक्षमा अविचलित रूपमा सङ्घर्षशील रहिआएका छौं । कम्युनिस्ट आन्दोलनका धरोहर कमरेड पुष्पलाल, कमरेड मनमोहन अधिकारी र जननेता कमरेड मदन भण्डारीलगायत आदरणीय अमर सहिद एवं आन्दोलनमा योगदान पुयाउनुहुने अग्रजहरूलाई यस अवसरमा स्मरण गर्दै उच्च सम्मान गर्न चाहन्छौं ।’
घोषणापत्रमा समाजवादीले तीनै नेताको फोटो समेत प्रयोग गरेको छ। आफूलाई एमालेको उत्तराधिकारीको रुपमा प्रस्तुत गर्दै एकीकृत समाजवादीले विगतमा पार्टीले गरेका बृद्धभत्तालगायतका कार्यक्रमलाई समेत घोषणापत्रमा समेटेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
