हामी अपमान सहन जन्मेका होइनौ : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले गठबन्धनका नाममा आफ्नो पार्टीले अपमान नसहने बताएका छन् । मंगलबार काठमाडौमा भएको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पाँच दलभित्र तालमेल गरेर चुनावमा जाने सहमति भएको र सोही अनुसार उम्मेदवार तय गर्ने काम भइरहेको बताए ।
अध्यक्ष नेपालले पाँच दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने सहमति भएकाले जहाँ-जहाँ हुन्छ त्याहाँ तालमेल गरेर अघि बढ्ने र तालमेल हुन नसकेका स्थानमा मित्रतापूर्ण प्रतिस्पर्धा हुने बताए । ‘पाँच दलभित्रै सहमति गरेर जाने सैद्धान्तिक सहमति भएको छ र त्यही अनुसारको गृहकार्य पनि भइरहेको छ’, अध्यक्ष नेपालले भने, ‘सहमति नभए मित्रतापूर्ण प्रतिस्पर्धामा जाने भनेर टुंगो लगाएका छौ । कतिपय जिल्लामा सहमति भएको छ । कतिपय ठाउँमा हुने क्रम जारी छ ।’
उनले कतिपय स्थानमा आफ्नो पार्टीलाई अपमान गर्न खोजिएको भन्दै त्यस्तो अपमान सहेर तालमेल नगर्ने पनि बताए । नेता नेपालले आफ्नो पार्टी अपमान सहन नजन्मेको समेत दावी गरे । ‘हामी अपमान सहनलाई जन्मेका होइनौ, अपमानविरुद्धको विद्रोहका लागि जन्मेका हौ । हामीलाई आफ्नो शक्ति र सामर्थ्यमा विश्वास छ’, अध्यक्ष नेपालले भने, ‘तर हामीले आफ्नो शक्तिको अति मुल्यांकन पनि गर्नुहुँदैन ।’ उनले पार्टी गठनको सात महिनाको अवधिमा वडा वडामा फैलिएको र पार्टी प्रवेश गर्नेको लहर बढेबाटै जनताको विश्वास बढेको पुष्टि भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
