शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवन सभापतिलाई देउवाको निर्देशन : निर्णय सच्याउनुस्

मङ्गलबार, ०६ वैशाख २०७९, १५ : ०१
मङ्गलबार, ०६ वैशाख २०७९

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका चितवन जिल्ला सभापति राजेश्वर खनाललाई निर्णय सच्याउन निर्देशन दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर भरतपुर महानगरपालिका माओवादीलाई छोड्नुपर्ने अवस्था आएको भन्दै निर्णय सच्याउन निर्देशन दिएका हुन् । 

चितवन काँग्रेसले भरतपुर महानगरपालिकाको मेयर काँग्रेसले पाउनुपर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रका भागमा परेको छ । यद्यपि यसबारे औपचारिक निर्णय साँझ हुने देउवाले चितवन सभापति खनाललाई जानकारी गराएका थिए । 

सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का, बागमती प्रदेश काँग्रेस सभापति इन्द्रबहादुर बानियाँ र चितवन सभापति खनालसँग चितवन छोड्नुपर्ने अवस्था आएको सुनाएका थिए । खनालले रातोपाटीसँग भने, ‘सभापतिज्यूले निर्णय सच्याउनुपर्यो भन्नुभयो । मैले माथिको निर्णय भए तलको निर्णय आफै निष्क्रिय हुन्छ भनेँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप