नेविसंघको नेता प्रधानमन्त्री हुँदा म खुशी नै हुन्छु : प्रधानमन्त्री देउवा

person explore access_timeबैशाख ६, २०७९ chat_bubble_outline0

प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले गाउँका विद्यालयमा नेपाल विद्यार्थी संघको संगठन बनाउन निर्देशन दिएका छन् । नेविसंघको स्थापना दिवस कार्यक्रममा उनले क्याम्पस र विश्व विद्यालयमा किन हार्दै भन्दै प्रश्न गरे । देउवाले भने, ‘हामी क्याम्पस र विश्व विद्यालयमा किन हार्दैछौँ ? स्कुल गाउँमा छ । नेविसंघको स्कुल कमिटी नै छैन । एमाले र माओवादीका स्कुल कमिटी छ । हाम्रो के भयो ? भोलि गाउँको स्कुलबाट नै माथि आउने हो । हामीले गाउँमा कमिटी बनाउनुपर्छ ।’


नेविसंघ स्कुल र कलेजमा हारिरहेको भन्दै गाउँमा संगठन बनाउन उनले नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई निर्देशन दिए । साथै उनले छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए । स्थानीय तह, प्रदेश र संघको निर्वाचन पछि गाउँ गाउँमा संगठन विस्तार गरी नेविसंघको अधिवेशन गराउन देउवाले निर्देशन दिए । ‘दुजाङको काम भनेको अधिवेशन गराउने हो । जो जित्छ उसैलाई नेतृत्व हस्तान्तरण गर्ने हो । भागबण्डा गर्दा झगडा मात्र हुन्छ यहाँ । भागबण्डाको रोग छ ,’ उनले भने । 



देउवाले शेर्पाको नेतृत्वमा पदाधिकारी विनाको कमिटी दिने संकेत गरे । पदाधिकारी बनाउँदा भागबण्डाको झगडा हुने उनको भनाइ थियो । ‘रामचन्द्रजीले पदाधिकारी बनाउने भन्‍नुभयो,’ उनले भने, ‘फेरि भागबण्डा गरी झगडा गरे हुन्छ । मेरो उपसभापति चाहियो, मेरो महामन्त्री चाहियो, मेरो उ चाहियो, उ चाहियो त्यसैमा लडाईँ हुन्छ ।’



यस्तै देउवाले नेविसंघ सबै कुुरामा अब्बल हुनपर्ने बताए । ‘नेविसंघको काँधमा जिम्मेवारी आइसक्यो । तपाईं प्रधानमन्त्री बन्नुस् । म खुसी नै हुन्छु । कोही मुख्यमन्त्री भन्नुस् । त्यसका लागि संगठन गर्नु पर्यो,’ उनले भने । नेविसंघलाई सबै ठाउँमा बलियो बनाउने र जिताउने अर्जुन दृष्टि राख्न उनको निर्देशन छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।