रणवीर कपूरले डेढ वर्षदेखि खाएका छैनन् रोटी, यस्तो उनको तौल कम गर्ने तरिका
भर्खरै एक अन्तरवार्तामा बलिउड अभिनेता रणवीर कपूरका फिटनेस–ट्रेनर शिवोहमले कपूरले विगत डेढ वर्षदेखि रोटी नखाएको खुलासा गरे । शिवोहम अनुसार रणवीर लो–कार्ब डाईट फलो गर्ने भएकाले रोटी खादैनन् । बरु उनको खानामा चिकन, अण्डा, दाल, सब्जी, ब्राउन राईस हुन्छ । खानामा कम कार्बोहाइड्रेट लिनेहरुले तिनले खाने खानाबाट प्रतिदिन १३० ग्राम भन्दा कम कार्बोहाइड्रेट लिन्छन् । कार्बोहाइड्रेट हाम्रो शरिरलाई आवश्यक पोष्टिक पदार्थ हो तर यसको अधिक मात्राले मोटोपन हुन्छ ।
धेरै कार्बोहाइड्रेड शरिरलाई आवश्यक नभए पनि २० देखि ५० ग्रामभन्दा कम कार्बोहाइड्रेट भयो भने शरिरलाई असर गर्छ। कम काब्रोहाइड्रेट खान चाहनेले त्यसलाई तिनको खानाको कुल परिमाणको २६ प्रतिशितदेखि ४४ प्रतिशत सिमित राख्नुपर्छ। त्योभन्दा बढि भयो भने व्यक्ति मोटाउने सम्भावना उच्च हुन्छ।
रणबीर कपूरका अतिरिक्त बलिउडका अधिकाशं अभिनेतृले तिनको खानामा कार्बोहाइड्रेटको परिणाम निक्कै सिमित गर्छन्। उनीहरुले शरिरको तौल बढ्न नदिन यो खाद्य शैली अपनाएका हुन्। लो–कार्बयुक्त खाना खाने अभिनेतृम्मा आलिया भट्ट, हुमा कुरेशी, भूमि पेडनेकरसमेत अरु थुप्रै अभिनेतृ छन्।
अमेरिकाको चर्चित हारवार्ड विश्वविद्यालय अन्तरगतको टी.एच. चान स्कूल अफ पब्लिक हेल्थले केही अघि कुन पोष्टिक तत्व बढि स्वास्थ्यवद्र्धक हुन्छ भनेर अध्ययन गरेको थियो। अध्ययनमा लो–कार्बयुक्त खाद्यान्न(कार्बोहाइड्रेट थोरै भएको खाना), लो–फ्याटयुक्त खाद्यान्न(बोसो कम भएको खाना) र भूमध्ये क्षेत्रिय खानामा विशेष जोड दिइएको थियो। दुई वर्ष चलेको यो अध्ययनमा बोसो कम भएको खानाको तुलनामा कार्बोहाइड्रेट थोरै भएको खाना बढि स्वास्थ्यबद्र्धक भएको पाइयो।
खानामा हुने कार्बोहाइड्रेटको मुख्य काम शरिरलाई बल दिने हुन्छ। यो अन्न, फलफुल, रोटी, पाउरोटी, पास्ता, दूध, दही, सागहरुमा पाइन्छ। लो–कार्ब डाइट अपनाउनेहरुले यी खानालाई कम गर्छन्। तर यीनले शरिरमा आवश्यक उर्जा कम हुन नदिन प्रोटिन र फ्याटयुक्त खानामा जोड दिन्छन्।
प्रोटिन र फ्याटका लागि माछा, मासु, अण्डा, चिज, बटरहरु महत्वपूर्ण खाना हुन्। त्यसबाहेक एभोकाडो, नरिवल, बदामहरुमा पनि प्रोटिन र फ्याट पाईन्छ। यी खाद्यान्न खाएपछि कार्बोहाइड्रेट नखादाँ पनि शरिरलाई आवश्यक हुने उर्जा पाउँछ।
केही मानिसले लो–कार्ब डाईट र किटोजेनिक डाईटलाई एउटै मान्ने भए पनि यी दुईबीच भिन्नता रहेको विज्ञले बताउँछन्। लो–कार्ब डाईटमा कार्बोहाइड्रेटको मात्रा प्रति दिन ५० देखि १०० मा सिमित राखिन्छ। जबकि किटोजेनिक डाईटमा यो मात्रा ५० ग्रामभन्दा पनि कम राखिन्छ।
त्यस्तै लो–कार्ब डाईटमा प्रोटिनको मात्रा किटोडाईटको तुलनामा धेरै हुन्छ। लो–कार्ब डाईटको मुख्य फाईदा के हुन्छ भने यसले मुटुसम्बन्धी रोग नियन्त्रण गर्न सघाउँछ। किटो–डाईटभन्दा लो–कार्ब डाइट कार्यन्वयन गर्न सहज हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेका समर्थकद्वारा पोखरामा प्रदर्शन, तस्बिरहरू
-
पोखरा महानगरमा एमालेका जनप्रतिनिधिले प्रदर्शन गर्ने
-
विप्लव नेतृत्वको नेकपाले स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारी नदिने
-
क्यानडामा हिन्दू मन्दिरमा भएको आक्रमणबारे एस जयशंकरले के भने ?
-
एलन मस्कले मतदातालाई दिनहुँ १० लाख डलर अभियान जारी राख्न सक्ने
-
आईजीपी कुँवर इन्टरपोलको ९२औँ महासभामा सहभागी