बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेललाई देउवाको प्रश्न : प्रधानमन्त्री भएर मैले के बिगारेँ ?

मङ्गलबार, ०६ वैशाख २०७९, १३ : ३९
मङ्गलबार, ०६ वैशाख २०७९

प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले  सबै ठाउँमा काँग्रेसलाई सरकारमा पुर्याउन सफल भएको बताएका छन् । नेविसंघको स्थापना दिवस कार्यक्रममा उनले प्रधानमन्त्री भएर आफूले राम्रै गरेको पनि बताए । यस्तै देउवाले प्रधानमन्त्री बनाइदेउ भनेर रामचन्द्र पौडेललाई नभनेको बताए । ‘मलाई प्रधानमन्त्री बनाइ देऊ भनेर रामचन्द्रजीलाई भनेकै होइन । सबै साथीले बन कि बन भन्‍नुभयो । के गर्ने ?,’ उनले भने ।

प्रधानमन्त्री भएर के बिगारेको छु भन्दै काँग्रेस नेता रामचन्द्र पौडेललाई देउवाले प्रश्न गरे । ‘सबै ठाउँमा काँग्रेसलाई सरकारमा ल्याउने मेरो गल्ती हो भने भन्नुस् । प्रधानमन्त्री भएर मैले के बिगारेँ । राम्रै गरेको छु त । राजचन्द्रजीले झन मलाई उहाँले धन्यवाद बधाई दिनुपर्नेमा ।’  गठबन्धन गरेर सबैलाई मिलाउन कुनै अपराध नगरेको देउवाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप