कार्यकर्तालाई देउवाले भने - गठबन्धनमा लेनदेन हुन्छ, सबै तपाईंलाई दिन बनेको होइन
मङ्गलबार, ०६ वैशाख २०७९, १२ : ००
प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेसलाई मात्र सबै दिन गठबन्धन नबनेको बताएका छन् । नेविसंघको स्थापना दिवस कार्यक्रममा उनले गठबन्धन बन्दा लिन–दिन हुने बताए । उनले भने, ‘गठबन्धन बन्दा लेन–देन कुरा हुन्छ । गठबन्धन सबै तपाईलाई दिन बनेको होइन नि । उनीहरुले पनि केही पाउनलाई गठबन्धन गरेको हो ।’
काँग्रेसलाई ठूलो पार्टी हुने गरी गठबन्धन गर्न लागि भएको उनको भनाइ छ । ‘काँग्रेस ठूलो पार्टी छ । ठूलै पार्टी होस् । हामी सानो पार्टी हुन पाउ भनेका छन्,’ देउवाले भने, ‘त्यो त उनीहरुको अधिकार नै हो नि रु त्यति पनि नपाएर हुन्छ त्यो ।’ गठबन्धन तोड्नु हुँदैन भनेर सबै ठाउँमा भन्नुपर्छ देउवाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिग यात्रा धरापमा
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म