यी १९ वर्षीय युवकले गरेका थिए ‘केजीएफ-२’ को सम्पादन
सुपरस्टार यश र सञ्जय दत्तको फिल्म ‘केजीएफ च्याप्टर–२’ को नाम हरेक दर्शकको जिब्रोमा अडिएको छ । पछिल्लो समय भारत लगायतका देशहरुमा ‘केजीएफ’ फिल्मले अन्य फिल्मलाई समेत पछाडि पारेको छ । केही वर्षदेखि अत्यधिक पर्खाइ गरिएको फिल्म हो केजीएफको दोस्रो च्याप्टर ।
रकी भाईको केजीएफमाथिको राज र अधीरासँग उनको टक्करलाई दर्शकले निकै चासोका साथ हेरेका छन् । यसबीच केजीएफको च्याप्टर–२ को विषयमा दिलचस्प कुरा बाहिरिएको छ । यो फिल्म वरिष्ठ कलाकारहरुले मिलेर बनाएका हुन् । तर, यसको सम्पादन गर्ने व्यक्ति भने निकै कान्छो र नयाँ छन् ।
केजीएफ च्याप्टर–२ को सम्पादन पक्षमा फिल्मको क्रिप्स र शार्प एडिटिङ धेरैले मन पराएका छन् । यसको श्रेय उज्जवल कुलकर्णीलाई जान्छ । यति चर्चित फिल्मको सम्पादन गर्ने व्यक्ति भने निकै कान्छा छन् । उनी भर्खरै १९ वर्षका भए । उनका लागि यो पहिलो ठूलो प्रोजक्ट थियो । जसको कारण उनले फिल्मका लागि कडा मेहनत गरे ।
उनी यसअघि युट्युबमा फ्यान मेड मुभिजको इडिटिङको काम गर्ने गर्थे । निर्देशक प्रशान्त नीलले केजीएफ च्याप्टर–२ को पूरै शुट गरेका थिए । त्यसपछिको उज्जवलले आफ्नो सीप देखाएका थिए । प्रशान्तसँग नील प्रभावित भए । र उनले सम्पादन गर्ने मौका दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान तनाव सेलाउन नपाउँदै इङ्ल्यान्ड–अफगानिस्तानबिच विवाद सुरु
-
धान बाली : क्षेत्रफल घट्दै गए पनि उत्पादन बढ्दो
-
कम्युनिस्ट पार्टीको बैठकमा गाडीको लाम, तस्बिरहरू
-
मधेस प्रदेशसभाको चौथो अधिवेशन आजदेखि, दुई वटा कार्यसूची तय
-
भूकम्पपछि चीनद्वारा सगरमाथा अवलोकन क्षेत्र बन्द
-
युक्रेनी सहर कब्जा गरेको रुसको दाबी, के भन्छ युक्रेन ?