शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धन कुनै हालतमा टुट्न दिन हुँदैन : प्रधानमन्त्री देउवा

मङ्गलबार, ०६ वैशाख २०७९, १४ : ४४
मङ्गलबार, ०६ वैशाख २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा टुटाउने नहुने बताएका छन् ।  मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि त्यो षड्यन्त्र असफल पार्नुपर्ने बताए ।  

‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुट्यो भने के हालत हुन्छ ? त्यस्तो अवस्था नआओस्, संविधानअनुसार कसैको बहुमत आउने अवस्था छैन’, प्रधानमन्त्री देउवाले भने, ‘त्यसकारणले कसैसँग त गठबन्धन गर्नै पर्‍यो  । काँग्रेस ठुलो होस् हामी सानो नै हुन्छौ भनेका छन् उनीहरुले, अनि मैले के गल्ती गरेँ  ?’  उनले गठबन्धन कुनै हालतमा तोड्नु हुँदैन भन्दै  आफू प्रधानमन्त्री र पार्टी सभापति भइसकेकाले अब हुने नयाँ पुस्ताको पालो भएको पनि बताए । ‘म प्रधानमन्त्री भइसके अब तपाईहरु हुनुस् भोलि,’ देउवाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप