पिच गरेको भोलिपल्टै सडक उप्किन थालेपछि...
सडक पिच गरेको २४ घन्टा नबित्दै धमाधम पिच उप्कन थालेपछि बर्दिबासस्थित खयरमाराका स्थानीय आन्दोलित भएका छन् । टेन्डर प्रक्रियाबाट युनिभर्सल कन्स्ट्रक्सनले ठेक्का पाएको लक्ष्मीनारायण माध्यामिक विध्यालयदेखि पोखरीसम्मको पिच उप्कन थालेको हो । पिच गर्नेक्रममा ठेकेदारले कमसल र गुण्स्तरहीन काम गरेको स्थानीयले आरोप लगाएका छन् । बढी नाफा लिने उद्देश्यले ठेकेदार कम्पनीले बेइमान गरेको स्थानीयको भनाइ छ ।
उच्च माध्यामिक विध्यालयदेखि पोखरीसम्म झन्डै ११ सय मिटर पिच सडक टेन्डरमार्फत युनिभर्सल कन्स्ट्रक्सनले करिब एक करोडमा ठेक्का हात पारेको थियो । तर स्थानीयले राजनीतिक प्रतिशोध लिने उद्देश्यले किनारा नै नमिलाइकन पिच उप्काएको युनिभर्सल कन्स्ट्रक्सनका प्रबन्धक सुजन पोखरेलको दाबी छ । ‘निर्वाचनको संघारमा स्थानीय दलगत व्यक्तिहरूले बदनाम गर्ने उद्देश्यले योजना विफल बनाउन पिच उप्काएका हुन्,’ प्रबन्धक पोखरेलले भने ।
नगरपालिकाको मापदण्डमा उक्त कन्स्ट्रक्सन कम्पनीले ४० एमएम मोटाइ र पूर्ण प्रिमिक्स बनाउनुपर्ने उल्लेख छ । तर मापदण्डअनुसार गुणस्तरहीन सामान प्रयोग गरी स्थानीयलाई आँखामा छारो हाल्ने काम मात्र गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
यता नगरपालिकाले गुणस्तरको विषयमा छानबिन गर्न प्रावधिक टोली आज पठाउँदै छ । ‘प्रावधिकहरू गएर गुणस्तरको लेखाजोखा गर्छन्, यदि प्रमाणित भए ठेकेदार कम्पनीको भुक्तानी नै रद्द गरिनेछ,’ नगर प्रमुख विदुर कार्कीले भने ।
ठेकेदार कम्पनीले निर्माण सामग्री प्रयोग गर्दा वडाध्यक्षलाई बोलाएर समन्वय गर्ने बताए पनि आफूलाई कुनै जानकारी नदिएको वडाध्यक्ष धनबहादुर लामाले बताए । यसअघि पनि खयरमारामै बन्दै गरेको पिच उप्किएपछि नगरपालिकाले भुक्तानी रोकेर पुनः काम गर्न लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल