मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

रमजानले फेरिएको मुस्लिम महिलाको दैनिकी

मङ्गलबार, ०६ वैशाख २०७९, १२ : ०३
मङ्गलबार, ०६ वैशाख २०७९

जनकपुर उपमहानगरपालिका–१६ बस्ने रुकशना आजमीको दैनिकी हिजोआज फेरिएको छ । प्रायः बिहान ६ बजे उठ्ने उनी रमाजान महिना सुरु भएदेखि २ बजे नै  उठ्ने गरेकी छन् । २७ वर्षीया अजामी  एक दिन पनि नबिराई रोजा गर्छिन् । २ बजे बिहानै उठ्ने आजमीले घरपरिवारका लागि सेहरी (व्रतमा बस्नुपूर्व बिहान खाने खना) तयार गर्छिन् । सेहरी खाई बिहानीको झिलिमिलीसँगै रोजा सुरु गर्छिन् ।

जनकपुरधाम-५ बस्ने ४७ वर्षीया रेहना खातुनको रमजानमा आफ्नै कथा छ । इस्लामिक महिना रमजानमा हरेक बालिग महिला तथा पुरुषमाथि रोजा ९व्रत० अनिवार्य गरिएको छ । रोजा बस्न औधि मनपराउने रहेनाका श्रीमान् जाकिर खानले भने बिरामी भएकाले यस वर्ष एउटा पनि रोजा गर्ने सकेनन् ।

‘उहाँलाई सधै औषधि खानुपर्छ, डाक्टरले एकदिन पनि औषधि नछाड्न भनेका छन्,’ रेहनाले भनिन्, ‘जिउ नै सन्चो नभएपछि रोजा बस्ने कुरै भएन ।’ विरामी अवस्थामा रोजा गर्नु अनिवार्य छैन । बिहान २ बजे नै उठ्ने रेहना आफ्ना घरमा बस्ने भाडादारसहित छरछिमेकीलाई सेहरी खाना जगाउने गर्छिन् । छिमेकमै सबैभन्दा पहिले रेहना उठ्ने गरेकी छन् । त्यसैले सबैले उनलाई ‘नमाजीवुआ’भनेर बोलाउँछन् ।

बुहारी समिमाले खाना पकाइरहेका बेला रेहना तस्वीह (धार्मिक माला) जप्दै मन्त्रहरु पढ्छिन् । बिहानै सेहरी खाएर रोजा सुरु गर्ने गरेको उनले सुनाइन् । रोजा सुरु हुनुअघि खाइने खानेकुरालाई सेहरी भन्निछ । सेहरी खाइसकेपछि नजिकका मस्जिदबाट अजान सुनेपछि वजु (शरीरको सफासुग्घर) गरी फ्रजको नमाज (बिहानको प्रार्थना) पढ्दासम्म उज्जयालो भइसकेको हुन्छ । बिहान हुँदा उनी कुरआन (इस्लामको धार्मिक ग्रन्थ) पाठ गर्छिन् । 

दैनिक पाँचपटक नमाज पढ्ने रेहनाले भनिन्, ‘दिनभरि पानी पनि नखाई घरमै पाठ गरेको देखेर गैरमुस्लिम छिमेकीहरू आश्र्चर्य मान्छन् । रोजाका वेला सूर्यास्त नभएसम्म केही खानेकुरा खानु हुँदैन ।’

सूर्यास्त भएपछि रोजा अन्त्य गरिन्छ । इस्लामिक धर्मगुरुका अनुसार सामूहिक रूपमा रोजा खोल्दा धार्मिक हिसावले राम्रो मानिन्छ । रमजान महिनामा इस्लामिक क्यालेन्डरको नवौ‌ महिना हो । मुस्लिम समुदायमा ‘रमजान’ का लागि विशेष महत्व राख्छ । अन्य महिनाभन्दा रमजानमा उपवास तथा दान गर्दा ७० गुणा बढी सवाव (पुण्य) प्राप्ति हुने जनविश्वास छ ।

रमजानकै २७ तारिखका दिन इस्लाम धर्मावलम्वीहरूको सबैभन्दा ठूलो धर्मग्रन्थ पवित्र  कुरआन सरिफ नाजिल (अवितरित) भएकाले मौलना इजराइल रिजवीले बताए । उनले भने, ‘संसारको आवश्यताअनुसार अल्लाहले एक(एक पराको रूपमा ज्ञान पठाइरहँदा २३ वर्षपछि मात्र पवित्र कुरआनले पूर्णता पाएको थियो । यो  महिनाभरि नै जनत (स्वर्ग) का सातवटै ढोका खुल्ला रहन्छ भने जहनम (नक्र) का सबै ढोका बन्द रहन्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप