मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

नागरिक एपमार्फत सिटिजन्स बैंकको खाता खोल्न सकिने

मङ्गलबार, ०६ वैशाख २०७९, ११ : २८
मङ्गलबार, ०६ वैशाख २०७९

सिटिजन्स बैंक इन्टरनेसनलले नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा ल्याएको छ । बैंकले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा यो सुविधा थपेको हो । वैशाख ७ गते बैंकले आफ्नो वार्षिकोत्सव मनाउँदैछ । 
नागरिक  एपमार्फत खाता  खोल्न ग्राहकहरुले बैंकको वेबसाइटमा गएर नागरिक एप मार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गर्नुपर्ने छ ।  त्यसपछि स्क्रिनमा देखिएको क्यू.आर कोडलाई नागरिक एप बाट स्क्यान गर्नु पर्ने हुन्छ।  सो प्रक्रिया पूरा गरिसकेपछि सो एपमा भएको व्यक्तिगत विवरणहरू आफै अनलाइन फर्ममा भरिनेछन् र बाँकी विवरण भरी ग्राहकहरुले सजिलै अनलाइन खाता खोल्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप