काँग्रेसले समय मागेपछि गठबन्धनको बैठक सर्यो

महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन साढे ११ बजेका लागि तय भएको सत्ता गठबन्धनको बैठक सरेको छ । गठबन्धन दलका नेताहरुका अनुसार नेपाली काँग्रेसले समय मागेकाले साढे ११ बजेका लागि तय भएको गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सारिएको हो ।
सोमबार दुई पटक बसेको गठबन्धन बैठकमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दावी नछोडेपछि सहमति हुन सकेको थिएन । यसैबीच नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुुर देउवाले काँग्रेस कास्कीका नेताहरुलाई काठमाडौं बोलाएका छन् । देउवाले कास्की जिल्ला सभापति किशोरदत्त बराललाई काठमाडौं बोलाएका हुन् । बराल नेतृत्वको टोली काठमाडौं आइ पुग्दै छ । उनीहरुसँग छलफल गरेपछि गठबन्धनमा छलफल गरेर सहमति जुटाउने प्रयास भएको देउवा निकट स्रोतले जनाएको छ ।
बरालले रातोपाटीसँग भने, सभापतिज्यूले बोलाएपछि हामी काठमाडौं आउँदै छौं । अहिले बाटोमा छौं । गठबन्धनभित्र पोखरा महानगरपालिका प्रमुखमा एकीकृत समाजवादीले दह्रो अडान राखेपछि सभापति देउवाले कास्की काँग्रेसका नेतालाई बोलाएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन