आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादी र गौरवशालीबीच एकता हुँदै

मङ्गलबार, ०६ वैशाख २०७९, ०९ : ५४
मङ्गलबार, ०६ वैशाख २०७९

स्थानीय तहकाे निर्वाचन नजिकिँदै जाँदा दुई दलबीच एकता हुने भएकाे छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (गौरवशाली) पार्टीबीच आज मंगलबार दिउँसाे १ बजे राष्ट्रियसभामा एकता हुन लागेकाे हाे ।  

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव डा वेदुराम भुसालसहित गौरवशाली पार्टीका अध्यक्ष भविशोर पराजुली लगायत पार्टीका सचिवालय सदस्यको सहभागिता रहने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप