आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रेसुङ्गा विमानस्थल निर्माण अन्तिम चरणमा

मङ्गलबार, ०६ वैशाख २०७९, ०९ : ०५
मङ्गलबार, ०६ वैशाख २०७९

निर्माण सुरु गरेको १५ वर्षपछि गुल्मीको रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरको थालेमालेस्थित रेसुङ्गा विमानस्थलको २०६३ सालमा तत्कालीन पर्यटनमन्त्री तथा हाल एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शिलान्यास गरेका थिए ।

आयोजनाका सहायक प्रमुख इन्जिनियर दिनेश परियारले भने, ‘यही वैशाखभित्र परीक्षण उडान हुने गरी काम भइरहेको छ ।’ यसअघि  २०७५ साल जेठ २५ गते तारा एयरको विमानले विमानस्थलमा उडान गरेको थियो । विमानस्थलमा विभिन्न चरणका कामहरू फरक–फरक निर्माण व्यवसायीबाट भइरहेका थिए । टर्मिनल भवनसहित कन्ट्रोल टावर नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रो इन्जिनियरिङ विभागमार्फत बोकोई श्रेष्ठ कन्स्ट्रक्सन जेभीले निर्माण गरेको हो ।

विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर ४ करोड ५ लाख २९ हजार ६ सय १० रुपियाँको लागतमा निर्माण गरिएको इन्जिनियर परियारले बताए । त्यस्तै, अर्को महत्त्वपूर्ण धावनमार्ग कालोपत्रे गर्ने काम सकिएको छ । धावनमार्ग ५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गर्ने काम पनि सकिएको उनले जानकारी दिए । कालोपत्रे गर्ने कार्य रौताह हरिहरि जेभीले गरेको उनले बताए ।  उसले ७ करोड २५ लाख लालगतमा उक्त कार्य गरेको परियारले जानकारी । विमानस्थल निर्माणका लागि आवश्यक एक सय ५६ रोपनी क्षेत्रफल मध्ये स्थानीयवासीको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप