मंगलबार र बुधबार ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइदै
मङ्गलबार, ०६ वैशाख २०७९, ०८ : ३१
सरकारले दुई दिन बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाउने भएकाे छ । मंगलबार र बुधबार देशव्यापी रूपमा राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुन लागेकाे हाे । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई ‘भिटामिन ए’ र १२ देखि ५९ महिना उमेरसमूहका बालबालिकालाई ‘भिटामिन ए’ साथै जुकाको औषधिसमेत खुवाइन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
६ र ७ वैशाखमा देशव्यापी रूपमा सञ्चालन हुने अभियानमा सो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा गई ‘भिटामिन ए’ र जुकाको औषधी खुवाउन मन्त्रालयले अनुरोध गरेको छ । कोरोना महामारीका कारण वितरण केन्द्रमा जाँदा कोभिड-१९ विरुद्धका सबै जनस्वास्थ्य मादपण्डको पूर्ण पालना गर्न र गराउनसमेत सबैमा अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान